काठमाडौं । नेपालभाषाको टेलिभिजन कार्यक्रम ‘झीगु सः’ (हाम्रो आवाज)को दुई सय भाग पूरा भएको उपलक्ष्यमा लहना मिडियाले सम्मान गरेको छ । समारोहमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनबाट सञ्चारकर्मीद्वय मीना बज्राचार्य र विराजकाजी राजोपाध्यायलाई उहाँहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
सोही समारोहमा सञ्चारकर्मी अमरध्वज लामा बल, रेडियो नेपालको कार्यकारी निर्देशक पदमा नियुक्त भएकाले लहना मिडिया द्वारा शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो ।
प्रमुख अतिथि माननीय मन्त्री महर्जनले सो समारोहमा आफ्नो मन्तव्य राख्दै भन्नुभयो, ‘नेपालको अम्रल्य सम्पदा भनेको नेपालभाषा भाषा र नेवाः संस्कृति हो । यही कुरालाई ध्यानमा राखेर बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा कानुनी मान्यता दिइसकेको अवस्था छ । यसलाई अब कार्यान्वयनमा ल्याउने जिम्मेवारी हामी सबैको हो ।’
झीगु सः टिभी कार्यक्रमका निर्माता निर्देशक विजयरत्न असंबरेले नेपालभाषाको टेलिभिजन पत्रकारिताको सुरुवाती दिनदेखिको विकासक्रम बारे प्रकाश पार्नुभएको थियो भने नेवाः पत्रकार राष्ट्रिय दबुका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, लहना मिडियाका व्यवस्थापक एवं कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र लहनाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सविना मानन्धर, लसता जोशी, सानुबाबु महर्जन, सुरज व्यञ्जनकार, अमर चित्रकार, अमोघवीर बज्राचार्य, रोजी श्रेष्ठ डंगोलले गायन र शाश्ता बज्राचार्य, उत्पला बज्राचार्य र सम्पदा बज्राचार्यले नृत्य प्रस्तुत गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts