काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लामिन यमलले २ गोल गर्नुभएको थियो । त्यस्तै डानी ओल्मो र पेड्रीले एक एक गोल गरेका थिए । त्यसैगरी जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल गर्नुभएको थियो ।
यस खेलमा खेलको ८६औँ मिनेटमा फेरान टोरेजले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोनाले ला लिगामा लगातार पाँचौं जित हासिल गरेको छ । बार्सिलोनाको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको ५ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा