काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ को दोस्रो शृंखलामा पहिलो खेल घरेलु टोली क्यानडासँग खेल्ने भएको छ । शृंखलामा नेपाल, क्यानडा र ओमान छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार यो खेल सेप्टेम्बर १६ मा हुनेछ ।
यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानडा र २४ मा ओमानको सामना गर्नेछ । नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्याण्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो । पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा