काठमाडौं । समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएको छ । उहाँले शुक्रबार पलेशालाई सो नगद प्रदान गर्नुभएको हो । राणा खेलकुदमा रुचि राख्ने र खेलाडीहरूलाई माया गर्ने समाजसेवी हुनुहुन्छ ।
यसैगरी उहाँले प्रशिक्षक कविराज नेगी लामालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएको छ । राणाले सिमराको रंगशाला परिसरमा भवन, मुसर बस्ती, विभिन्न स्थानमा वृद्धाश्रमलाई समेत सहयोग गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।
उहाँ पशुपन्छी प्रेमी हुनुहुन्छ र विभिन्न स्थानमा मन्दिर तथा विद्यालयहरूमा निरन्तर रूपले सहयोग गर्दै आउनुभएको विज्ञप्तिमा उल्लेख छ ।






