
पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६औँ संस्करणको लामाचौर तीज महोत्सवमा भएको राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा न्यु डायमण्डलाई ३-१ सेटमा हराउँदै एपिएफले उपाधि जितेको छ । विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख, तेस्रोले ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर बन्नुभयो । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित हुनुभयो । एपिएफकी पूजा चौधरीले मस्ट भ्यालुएबल प्लेयरको उपाधि चुम्नुभएको थियो ।
यस्तै, पुरुषतर्फ साबिक विजेता नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कास्कीको लामाचौरस्थित इन्द्रराज्य लक्ष्मीदेवी प्रांगणमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा एपिएफ क्लबलाई तीन-दुईको सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि रक्षा गरेको हो । शुक्रबार खेलको दुई सेट सम्पन्न भए पनि खराब लाइटका कारण खेल शनिबारका लागि सारिएको थियो ।
पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो सेट भने गुमाउन पुग्यो । दोस्रो सेट पुलिस क्लबले २१-२५ ले गुमायो ।
तेस्रो सेट भने पुलिस क्लबले २५-१९ ले जित्दै खेल आफ्नो पक्षमा पा¥यो । तर, चौथो सेट भने पुलिस क्लबले २५-२२ ले एपिएफलाई सुम्पियो । निर्णायक तथा अन्तिम सेट पुलिस क्लबले १६-१४ ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै पुलिस क्लबले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता एपिएफले एक लाख रुपैयाँ हात पारेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच