काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा शुक्रबार संकटा क्लब र चन्द्रपुर नगरपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटार र चन्द्रपुरले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग भने गर्न सकेनन् ।
पहिलो राउण्डको खेलमा संकटालाई त्रिभुवन आर्मी फुटबल क्लबले पराजित गरेको थियो । चन्द्रपुर भने कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो । बराबरीसँगै दुवै टोली एक-एक अंक बाड्न बाध्य भएका छन् ।
यो बराबरीसँग दुई खेलबाट संकटाले पहिलो अंक जोडेको छ । संकटा पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग चार-शून्य गोलले पराजित भएको थियो । यता, चन्द्रपुरले लगातार दोस्रो खेलमा अंक बाँडेको हो । चन्द्रपुर पहिलो खेलमा कर्णाली प्रदेशसँग एक-एकको बराबरीमा रोकिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ । पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता