काठमाडौं । छायाँछवि तीज म्युजिक अवार्डको ११औं संस्करण सम्पन्न भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच छायाँछवि क्रियशनले नियमित रूपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्युजिक अवार्डको ११औं संस्करण सम्पन्न भएको हो ।
कार्यक्रममा मौलिक तीज गायिकातर्फ ‘गम्कीदे मादलु’बाट एलिना चौहानले अवार्ड चुम्नुभयो भने उत्कृष्ट तीज गीत गायिकामा ‘हरदनी पूजा गर्छु म’बाट शोभा पाण्डे एवं यही विधामा जुरीतर्फ बिन्दु बिसीले अवार्ड चुम्न सफल हुनुभयो । उत्कृष्ट मौलिक तीज गीतको लयतर्फ ‘काली पसम की डोरी कसम’ गीतबाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गर्नुभयो ।
यसै गीतबाट स्मारिका ढकालले मौलिक तीज गीत मोडलमा बाजी मार्नुभयो भने तीज गीत मोडल (महिला)तर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल हुनुभयो । साथै यसै विधामा ‘तीजको उमंग’ गीतबाट शिला गजुरेलले जुरी अवार्ड प्राप्त गर्नुभयो र सो अवसरमा मोडल स्व.दीपाशा बिसीको स्मृतिमा यस वर्षदेखि स्थापित छाँयाछवि दीपाशा स्मृति पुरस्कार प्रदान गरिएको थियो । एघार हजार एक सय एघार रुपैयाँको नगद राशि, सम्मान पत्र, दोसल्लासहितको छायाँछवि दीपाशा स्मृति पुरस्कार यस वर्ष मोडल तथा म्युजिक भिडियो कलाकार संघको प्रथम अध्यक्ष अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।
त्यसैगरी मोडल सिम्रन दुलाल कुसुम, पत्रकार वर्षा खनाल, गायिका बबिना भट्टराई, वरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछवि तीज नारी सम्मानद्वारा सम्मानित गरिएको थियो । यस किसिमकोे सम्मान आ-आफ्नो क्षेत्रलाई उल्लेख्य योगदान दिएबापत सम्मानित गरिएको आयोजक छायाँछवि क्रियशन अध्यक्ष शान्तिप्रियले जानकारी गराउनुभयो ।
अवार्डमा जुरीका रूपमा गीतकार कृष्णादेवी आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोविन्द भट्ट एवं पत्रकार दीपज्योति थापा रहनुभएको थियो । सो अवसरमा तीज सम्बन्धित सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठले गायन प्रस्तुति दिनुभएको थियो भने मोडल अश्मिता पुरी र निकिशा श्रेष्ठ एवं सूर्याेदय डान्स स्टुडियोको नृत्य प्रस्तुति रहेको थियो ।
दीपज्योति थापाले सहजीकरण गरेको कार्यक्रममा रमेशमान श्रेष्ठको सेट डिजाइन, छिरिङ भुटीयाको साउण्ड डिजाइन रहेको थियो ।
शान्तिप्रिय अध्यक्ष रहेको कार्यक्रमको स्टेरिङ कमिटीमा माधवराज खरेल, श्रीदेव भट्टराई, गोकर्ण लामिछाने, कमला जोशी, भीम पौडेल, राजन थापा र दीपक थापा रहनुभएको थियो । अवार्डको सल्लाहकार भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवी एवं देविका बन्दना रहनुभएको आयोजकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts