-सरोज निरौला
उदयपुर । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-११ गाईघाटका २३ वर्षीय सबिन राई रहेको छन् ।
उनलाई त्रियुगा नगरपालिका-६ लालपत्तास्थित प्रहरी चौकीले लागुऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ब्रुपिनोर्फिन ९ एम्पुल, फेनार्गन ६, डाईजेपाम ९ गरी २४ एम्पुल र नाईट्राभेट नामक प्रतिबन्धित लागुऔषध २२ ट्याब्लेटसमेत बरामद गरेको छ ।
मोटरसाईकलमा सवार राईको शरीर चेकजाँच गर्दा लागुऔषध फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।






