
काठमाडौं । पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को घोषणा गरिएको छ । चलचित्र निर्माण कम्पनी फोनिक फ्लिकको यसको घोषणा गरेको हो । यो चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुने जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी गराउनुभयो ।
यो चलचित्रलाई चानस र मणिरत्न त्रिपाठीले संयुक्तरूपमा निर्देशन गर्दै हुनुहुन्छ । फोनिक फ्लिकले बड पिक्चर्स र अण्डर एक्सपोज सिनेमासँगको सहकार्यमा चलचित्र निर्माण कार्य अघि बढाइने जनाइको छ । आउँदो फागुनमा चलचित्र छायांकन सुरु गर्ने निर्माया पक्षले जनाएको छ ।
पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई रोमाञ्चक यात्रामा लैजाने अपेक्षा गरेको निर्देशक त्रिपाठीको जिकिर छ । यस चलचित्रमा नयाँ र नौलो प्रयोगको रूपमा निर्माण गरिने बताइएको छ । चलचित्रमा कलाकारहरू र अन्य टिमको जानकारी केही समयपछि दिइने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच