लण्डन । इंग्लिस प्रिमियर लिग (इपिएल)मा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ । लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा लिभरपुलले आइतबार युनाइटेडलाई ३-० ले हराएको हो । युनाइटेडलाई उसकै मैदानमा हराउन लिभरपुलका लुइस डियाजले २ तथा मोहम्मद सलाहले १ गोल गर्नुभयो ।
डियाजले ३५औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभएको थियो । डियाजले नै ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पार्नुभयो । खेलमा नियन्त्रण बनाएको लिभरपुलका लागि सलाहले ५६औँ मिनेटमा गोल थप्नुभयो ।
लिभरपुल नौ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड तीन अंकका साथ १४औँ स्थानमा छ । इपिएलको तेस्रो राउण्डको खेल सकिँदा म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायम छ । १८ टोलीले कम्तीमा एक अंक जोड्दा साउथहृयाप्टन र एभर्टन अंकविहीन छन् । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts