काठमाडौं । आज (आइतबार)देखि एन्फा महिला लिग हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आज (आइतबार)देखि सुरु हुने ‘एन्फा महिला लिग’ को पहिलो खेल कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुने भएको छ । १० टोलीको सहभागिता रहने यो लिग दुई चरणमा हुनेछ । पहिलो चरणमा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछन् ।
आज दिउँसो ३ बजेबाट सुरु हुने उद्घाटन खेलको प्रवेश निःशुल्क गराइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
विभागीय तीन टिम (एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब), कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, चन्द्रपुर नगरपालिका, संकटा क्लब, कर्णाली प्रदेश, बागमती युवा क्लब र वालिङ नगरपालिकाबीच लिगमा प्रतिस्पर्धा हुनेछ ।
खेलको सम्पूर्ण तयारी पूरा भइसकेको प्रवक्ता शाहले जानकारी दिनुभयो । ‘सिंगल राउण्ड रोविन’ का आधारमा ४५ खेल सञ्चालन हुने एन्फाले जनाएको छ । सुपर लिग, क्वालिफायर र इलिमिनेटर गरेर जम्मा ६९ खेल हुने एन्फाले जानकारी गराएको छ ।
उद्घाटन खेलबाहेकका अन्य खेल एन्फा कम्प्लेक्स सातदोबाटो र दशरथ रंगशालामा खेलाइने एन्फाले बताएको छ । ‘टिकट दर १०० रुपैयाँ कायम गरिएको छ,’ प्रवक्ता शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टिमलाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । प्रतियोगिताको अनुमानित लागत दुई करोड २४ लाख ६८ हजार ६९८ रहेको प्रवक्ता शाहले बताउनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा