काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिकाले ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार लगातार दोस्रो जित हात पारेको छ । ज्ञानोदयले पाठशाला, बागडोललाई ४६-३० ले पराजित गर्यो । ज्ञानोदयका सफल याखाले १५ अंक जोड्नुभयो ।
ब्वाइजमै चाँदबागले जेम्सलाई ३३-२२, मल्पीले रुपिजलाई ३७-५ र पुष्पसदनले भीएस निकेतनलाई ४८-३२ ले हरायो । चाँदबागका जेन्सन राईले नौ, मल्पीका अश्रय चुकीले आठ र पुष्पसदनका मनीष गुरुङले २४ स्कोर गर्नुभयो ।
गल्र्समा चाँदबागले रुपिजलाई १८-१ तथा मल्पीले पाठशाला, बानेश्वरलाई १४–९ ले पाखा लगाए । चाँदबागकी अमौलिका खड्का र मल्पीकी अरेथा श्रेष्ठले समान १०-१० अंक बटुल्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता