पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

अछाम । लगातारको वर्षाका कारण साँफे-मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका-१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो ।

पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताउनुभयो । सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज