बझाङ । बुंगल नगरपालिकामा पुनः प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूहका छैटौँ तहका अधिकृत माधवराज जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।
गत चैतदेखि प्रशासकीय अधिकृतको रूपमा कार्यरत नरेश कुँवरको जिम्मेवारी मंसिर २३ गते अख्तियारमा उजुरी परेपछि रद्द गरिएको थियो। कुँवरको जिम्मेवारी खारेज भएसँगै बुंगल नगरपालिका प्रशासकीय अधिकृतविहीन बनेको थियो।
त्यसपछि नगर कार्यपालिकाले निर्णय गर्दै सिनियर कर्मचारीहरूको सहमतिमा पुनः कुँवरलाई प्रशासकीय अधिकृतका रूपमा निरन्तरता दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो। तर, मन्त्रालयले कार्यपालिकाको सिफारिसलाई अस्वीकार गर्दै बिहीबारदेखि माधवराज जोशीलाई प्रशासनिक र आर्थिक अधिकारसहित जिम्मेवारी सुम्पिएको छ।
बुंगल नगरपालिकामा डेढ वर्षको अवधिमा पाँच पटक प्रशासकीय अधिकृत परिवर्तन हुँदा सेवाप्रवाहमा असर परेको स्थानीयवासीले बताएका छन्। प्रशासकीय अधिकृतहरू बारम्बार फेरिँदा नगरपालिका प्रशासन, आर्थिक कारोबार तथा विकास निर्माणका कार्यहरू प्रभावित भएको स्थानीयको गुनासो छ।
माधव राज जोशी यसअघि पनि बुंगल नगरपालिकामा प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो। तर, स्वास्थ्य उपचारका लागि लामो समय बाहिर रहनुपर्ने बाध्यताका कारण उहाँले राजीनामा दिनुभएको थियो ।
स्थानीयवासीले नगरपालिकाको स्थायित्वका लागि प्रशासकीय अधिकृतहरूको निरन्तरताको आवश्यकता रहेको बताउँदै बारम्बारको परिवर्तन रोक्न सम्बन्धित निकायले चासो देखाउनुपर्ने माग गरेका छन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts