काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘वर एण्ड वधु’ को मोफसल प्रिमियर पोखरा र काठमाडौंमा गरिएको छ । मंगलबार पोखरा प्रिमियर गरिएको यो चलचित्रको बुधबार काठमाडौंमा प्रिमियर गरिएको हो ।
चलचित्र युनिटबाट निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की पोखराको प्रिमियरमा सहभागी हुनुहुन्थ्यो । प्रिमियरमा चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको छ । प्रिमिएर मिडटाउन हलसँगको सहकार्यमा आयोजना गरिएको थियो ।
रोमान्टिक कमेडी जनराको यो चलचित्र एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । चलचित्रका कार्यकारी निर्माता अमित रिजाल हुनुहुन्छ । चलचित्रको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।
चलचित्रमा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टि खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सीता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मालगायत कलाकारको अभिनय छ । प्रिमियरमा पाएको प्रक्रियाले आफूहरूमा थप उत्साह ल्याएको निर्देशक चाम्सले बताउनुभयो । ट्रेलर रिलिजपछि यो चलचित्र चर्चामा छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता