काठमाडौं । अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । यस सिरिजको निर्देशन विमलेश अधिकारीले गरिरहनुभएको छ । यस सिरिजबाट अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किनुभएको छ । यसमा अरुणिमासहित विमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापालगायत कलाकारहरूको प्रमुख भूमिका रहनेछ ।
‘घर बट इन अमेरिका’ सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामै भइरहेको छ । सिचुएशनल कमेडी–ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चौलागाईंको लेख्नुभएको छ । सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुबाको वरपरका घटनालाई प्रस्तुत गरिएको छ ।
सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो । निर्देशक तथा कलाकार विमलेश अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पार्नुभएको छ । सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइली सहायक निर्देशक, पशुपति बस्याल छायांकनकर्ता, र अप्सरा कटुवाल मेकअप आर्टिष्टको रूपमा हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता