‘हङकङ साहित्यिक साझा श्रृंखला पुरस्कार’ स्थापना

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । हङकङ साहित्यिक साझा श्रृंखलाले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्यले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार’ स्थापना गरेको छ ।

हङकङबाहिर जुनसुकै भूगोलमा रहेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएका एक जना स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशी ५५ हजार पाँच सय ५५ रुपैयाँ र सम्मानपत्र रहने हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमन गुरुङले जानकारी दिनुभयो ।

ADVERTISEMENT

संरक्षक दाजु गुरुङले ‘हङकङ साहित्यिक साझा श्रृंखला’ पुरस्कारका लागि एक अक्षयकोष स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अक्षय कोषबाट प्राप्त हुने ब्याजबापतको रकमबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको छ र पुरस्कार यसै वर्षदेखि सुरु गरिने छ ।”

सन् २०१२ मा हङकङमा स्थापना भएको हङकङ साहित्यिक साझा श्रृंखलाले नियमितरूपमा मासिक साहित्य श्रृङ्खला सञ्चालन गर्दै आएको छ भने ‘श्रृंखला’ नामक साहित्यिक सँगालोसमेत प्रकाशन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *