
काठमाडौं । साउन महिनामा उच्च अंकले बढ्दै आएको सेयर बजार पछिल्लो समय भने निरन्तर घट्न थालेको छ । मंगलबार पनि सेयर बजार अघिल्लो कारोबार दिनको तुलनामा १११.९६ अंकले घटेर २७८२ अंकमा झरेको छ । यस दिन १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरका चार करोड ३८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । अघिल्लो दिन १९ अर्ब ७४ करोडको कारोबार भएको थियो ।
२० कम्पनीको सेयर मूल्य बढेको छ भने दुई सय २३ कम्पनीको घटेको छ । होटल तथा टुरिजम समूह ०.४३ प्रतिशतले बढे पनि अन्य १२ समूहको सेयर मूल्य भने घटेको छ । बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स र इन्भेष्टमेन्ट समूह चार प्रतिशतभन्दा बढीले घटेका छन् भने हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र अन्य समूह तीन प्रतिशतभन्दा बढीले घटेका छन् ।
बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बिमा ३.६५, उत्पादन २.९३, माइक्रो फाइनान्स २.९६, निर्जीवन बिमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । तीन कम्पनी तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त, दोल्ती पावरको मूल्य १० प्रतिशत, थ्रिस्टार हाइड्रोपावर ९.८, कर्णाली विकास बैंक ९.४, विन नेपाल लघुवित्तको ६.९ प्रतिशत मूल्य बढेको छ । तर, नेपाल फाइनान्स १०, रिडी पावर ८.५, नेसनल हाइड्रोपावर ७.६, शिवश्री हाइड्रोपावर ७.४ तथा घलेम्दी हाइड्रोपावर ७.४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावर, नेपाल फाइनान्स र निफ्रा क्रमशः अग्रस्थानमा रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच