
लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले सानदार जित हात पारेका छन् । आइतबार राती सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई र चेल्सीले वुल्भरहृयाम्पटन वान्डरसलाई हराएको हो । लिभरपुलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै दुई खेलबाट ६ अंक बनाएको लिभरपुल तालिकाको चौथो स्थानमा छ । ब्रेन्टफोर्डको भने पहिलो हार हो । उसको तीन अंकमात्रै छ ।
लिभरपुललाई सहज जित दिलाउन लुइस डियाज र मोहमद सलाहले एक/एक गोल गर्नुभयो । खेलको १३औँ मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । ७०औँ मिनेटमा सलाहले डियाजको पासमा गोल गरेपछि लिभरपुल २-० ले विजयी भयो ।
लिगकै अर्को खेलमा चेल्सीले वुल्भरहृयाम्पटन (वुल्भ्स)लाई ६-२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा चुकुनोन्सो ट्रिस्टन मडुकेले हृयाट्रिक गर्दा निकोलस ज्याक्सन, कोल पालमर र जाओ फ्लेक्सले एक/एक गोल गर्नुभयो । वुल्भ्सका लागि म्याथ्युस सान्टोस र जोर्जेन स्ट्रान्ड लार्सेनले एक/एक गोल फर्काउनुभयो ।
चेल्सीका लागि निकोलस ज्याक्सनले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाउनुभएको थियो । वुल्भ्सका म्याथ्युस सान्टोसले गोल गर्दै २७औँ मिनेटमा बराबरी गर्नुभयो । ४५औँ मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले अग्रता २-१ बनायो । पहिलो हाफमै अतिरिक्त छैटौँ मिनेटमा लार्सेनले गोल गरेपछि बुल्भ्सले पहिलो हाफ २-२ को बराबरीमा अन्त्य गरेको थियो । तर, दोस्रो हाफमा चेल्सीले थप आक्रामक खेल्दै थप चार गोल गरेको थियो । ४९औँ मिनेटमा चुकुनोन्सो ट्रिस्टन मडुकेले व्यक्तिगत पहिलो गोल गरेपछि चेल्सीले ३-२ को अग्रता लिन पुग्यो ।
मडुकेले ५८औँ र ६३औँ मिनेटमा लगातार गोल गर्दै हृयाट्रिक पूरा गर्दा चेल्सी ५-२ ले अघि बढेको थियो । ८०औँ मिनेटमा जाओ फ्लेक्सले गोल गरेपछि चेल्सीले यो सिजनको पहिलो र फराकिलो जित निकाल्न सफल भयो । जितपछि चेल्सीले तालिकामा पहिलो तीन अंक जोड्न सफल हुँदा वुल्भ्सको भने यो लगातार दोस्रो हार हो । प्रिमियर लिगकै अर्को खेलमा एएफसी बर्नमाउथ र न्युक्यासल युनाइटेडले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच