काठमाडौं । भ्याली पब्लिक र सत्य साइ १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले एन्जल्स हार्टलाई २७-२४ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा विशाल परियरले १३ अंक योगदान गर्नुभयोे । आकाश महतोको आठ अंक सहयोगमा सत्य साइले हिमरश्मिलाई २६-२२ ले हरायो । सोही स्पर्धामा लालीगुराँस नेसनल एकेडेमीले सेबलाई ३०-२४ तथा गोल्डेनपिकले ग्रिनफिल्डलाई २१-१६ ले पाखा लगाउँदै सेमिफाइनलमा पुगे । लालीगुराँसका सर्गम गुरुङले ११ तथा गोल्डेनपिकका अमन गुरुङले आठ अंक जोडे ।
सिनियर गल्र्समा आयोजक ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २९-२४, भ्याली पब्लिकले विद्या आश्रमलाई २४-२०, फेरिल्यान्डले पारामाउन्टलाई २८-२४ र टीआईएले तेजस्वीलाई २३-१९ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनल्यान्डकी अहाना खड्काले १२, भ्याली पब्लिककी लोरिशा गौचनले १३, फेरिल्यान्डकी कृतिका कटुवालले १२ र टीआईएकी सलिना क्षेत्रीले आठ स्कोर गर्नुभयो ।
सिनियर ब्वाइजमा कन्स्टिलेसनलले डीभीएलाई ४४-३३, एचएचसीएले ग्रिनल्यान्ड ‘ए’ लाई ६७-६२ र भ्याली पब्लिकले टीआईएलाई ४०-३३ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । कन्स्टिलेसनलका सुदिन तामाङले १४, एचएचसीएका डेविड राईले ३५ र भ्याली पब्लिकका सुनिल पौडेलले २० अंक बटुल्नुभयो ।
ब्वाइजमा पनि कन्स्टिलेसन च्याम्पियन
आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय/कन्स्टिलेसन कप यु-१९ बास्केटबल प्रतियोगिताको ब्वाइजमा पनि शनिबार च्याम्पियन बनेको छ । बौद्धस्थित डाउनटाउन इन्डोर कोर्टमा भएको फाइनलमा कन्स्टिलेसनले प्रिमियरलाई ८२-५७ ले पराजित गर्यो । कन्स्टिलेसनका साइमन गुरुङले २७ अंक जोडे । अघिल्लो दिन शुक्रबार गल्र्समा कन्स्टिलेसनले फाइनलमा पोखराको अमिसीलाई ३५-२७ ले हराउदै उपाधि जितेको थियो । ब्वाइजको विजेताले ५० हजार तथा गल्र्सको विजेताले ३० हजार नगद पुरस्कार पाउने छन् । टोलीलाई केहि दिनमा पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता