
काठमाडौं । नेपालका भिजन तामाङले १४औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण जित्नुभएको छ । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि भिजनले स्वर्ण जित्नुभएको हो ।
दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलउनुभयो । नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुनुहुन्छ । भजिन्द्र क्षेत्रीले भिजनको प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका ६५० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले पनि खेल खेलाउनुभएको थियो । ग्योरोगी र पुम्सेमा गरी अशोकले तीन फाइनलसहित नौ खेल खेलाउनुभयो । विजेतालाई आईओएफटीसीका निर्देशक दिवाकर महर्जन, प्रतियोगिता संयोजक राजु क्षेत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच