जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी भदौ २३ गते प्रथम दीक्षान्त समारोह गर्ने भएको छ । उक्तहुन लागेको दीक्षान्त समारोहको सबै तयारी गर्नका लागि अहिले प्रतिष्ठान लागि परेको छ । स्थापनाकालको १३ वर्षपछि पहिलो पटक दीक्षान्त समारोहहुन थालेको प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो ।
समारोह संचालनका लागि प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आईसकेकोले त्यसको तयारीमा जुटेको छौ । प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनका लागि योग्य रहेकाछन् ।
उपकुलपति डा.रावलले भन्नुभयो,“प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपति समक्ष पत्र पठाएका थियौं । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रतिष्ठानलाई दीक्षान्त समारोह गर्नका लागि कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको उपकुलपति डा.रावलले बताउनुभयो । ”
प्रतिष्ठानबाट अहिलेसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ उत्तीर्ण विद्यार्थीहरुलाई दीक्षित गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढ्थापाका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँच जनासहित कुल ५६ जना विद्यार्थीहरु उत्तीर्ण भएको जानकारी दिनुभयो ।
सो दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसंगै सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सहभागिताहुने समय तालिका रहेको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन र तिलगंगा आँखा अस्पतालको सहयोगमा संचालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।
जुम्लाले चिकित्सक उत्पादन गर्दै
जुम्लाले अब चिकित्सक उत्पादन गर्ने भएको छ । जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुने गरेको थियो । प्रश्नकर्ता कतिलाई जुम्लामा चिकित्सक पढाइ हुन्छ भन्ने पनि थाहा थिएनन् । केहीले पढाइ हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरूले त्यहाँ चिकित्सकको कस्तो पढाइ हुन्छ होला ? भनेर विश्वास नगरेको पाइन्छ । तर अब जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको चिकित्सक उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन ।
प्रगति र विकासका लागि भूगोल बाधक हुन सक्दैन अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको इँटा थप्न सक्दोरहेछ भन्ने गतिलो उदाहरणस्वरुप अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्यविज्ञ जनशक्ति पठाउँदैछ । मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जना विद्यार्थीहरुलाई दीक्षित गर्दैछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा