कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर कालीकोटको अध्यक्षमा पुनः वीरेन्द्र आचार्य दोहोरिएका छन् । प्रेस सेन्टरको तेस्रो जिल्ला अधिवेशनबाट आचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
केन्द्रीय उपमहासचिव दिपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा आयोजित तेस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा पूर्णसिंह बम र सुरसानाथ योगी, सचिवमा कमलबहादुर बुढा, सहसचिवमा दिनेश फर्साल र धनबहादुर सार्की, कोषाध्यक्षमा कमल कुमाल चयन भएका हुन् ।
त्यस्तै, केशव शाही र सजिप्ता बम बरिष्ठ सदस्य रहने गरी दिलीप चौलागाई, कल्पना चौलागाईं, सुस्मिता बिक, सत्य रोकाया, ऐनराज कार्की, तिलक बिष्टलगायतका सदस्यहरु निर्वाचित भएँ । प्रेरणा विक, सन्तोष भण्डारी, टिकाराज उपाध्याय, डम्बर शाही, प्रकाश विक प्रदेश र रुपेन्द्र ऐडी लगायत ४ जना केन्द्रीय प्रतिनिधि चयन गरिएको बताइएको छ ।







