नवलपरासी । पश्चिम् नवलपरासीबाट १९ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । ४ जना महिला र १५ जना पुरुष गरि १९ जनाले गैर आवासीय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय पश्चिम् नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर कुवँरले जानकारी दिनुभयो ।
नेपालको संविधानको भाग २ को दफा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने प्रावधान रहेको छ । गैर आवासीय नेपाली नागरिकता लिनेमा अमेरिका गएकाहरु धेरै रहेका छ्न । जसमा अमेरिका गएकाहरु १३ जना, पोर्चुगल ३ जना, साउथ अफ्रीका १ जना, जर्मनि १ जना र क्यानडामा रहेका १ जनाले गरी १९ जनाले गैरआवासीय नागरिकताले लिएको कुवँरले उल्लेख गर्नुभयो ।
जिल्लामा सात वटा स्थानिय तह मध्ये ४ वटा स्थानिय तहका नागरिकहरुले गैर आवासीय नागरिकता लिएका छन् । जसमा बर्दघाट नगरपालिका बाट ८ जना, सुनवल नगरपालिकाबाट ५ जना, राग्रग्राम बाट ५ जना र पाल्हिनन्दन गाउँपालिका बाट एक जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन् ।
सरकारले २०८० असोज ३० गतेदेखि गैरआवासीय नेपाली एनआरएनलाई नागरिकता दिन थालेको हो । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts