काठमाडौं । गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफदीया’को गीत ‘मनको मझेरी’को लोकार्पण गरिएको छ । काठमाडौंको हेम सरिता पाठक फाउण्डेसनको सभाकक्षमा एक कार्यक्रमबीच वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त गीतको लोकार्पण गरिएको हो । नरहरि प्रेमीको स्वर रहेको गीतमा उहाँकै संगीत छ ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, शब्दपथका प्रधान-सम्पादक आख्यानकार किशोर पहाडी, समालोचक युवराज मैनाली, कवि प्रतीक घिमिरे, सानुराजा श्रेष्ठ अञ्जानलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघ (सापस)का पूर्वअध्यक्ष कलाकार नरेन्द्रबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकोे कार्यक्रमको सञ्चालन कवि मुरारी सिग्देलले गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता