
बर्लिन । जर्मनीका गोलकिपर मानुएल नोयरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ । ३८ वर्षीय नोयरले बुधबार अन्तर्राष्ट्रिय फुटबल करिअरलाई विश्राम दिने निर्णय लिनुभएको हो । जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलिरहनुभएका नोयरले १५ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करियरलाई विश्राम दिने निर्णय गर्नुभएको हो ।
सन् २००९ मा अमेरिकाविरुद्धको खेलमार्फत् अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएका उहाँले जर्मनीका लागि १२४ खेल खेल्नुभएको छ । गत महिना युरोकप २०२४ अन्तर्गत स्पेनविरुद्ध उहाँ अन्तिमपल्ट जर्मनीको जर्सीमा मैदान उत्रिनुभएको थियो । उहाँले समान चार फिफा विश्वकप र युइएफए युरोकपमा जर्मनीको प्रतिनिधित्व गर्नुभयो । नोयरको कप्तानीमा जर्मनीले ब्राजिल विश्वकप २०१४ को उपाधि जितेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच