
काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘सतीदेवी’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । मंगलबार साँझ काठमाडौंमा गरिएको प्रिमियरमा सहभागी अधिकांशले राम्रो चलचित्र बनेको भन्दै प्रशंसा गरेका हुन् । प्रिमियरमा चलचित्र हेरेका दर्शकले चलचित्रले लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको धारणा राखेका थिए । उनीहरूले निर्देशक लक्ष्मण सुवेदीको निर्देशकीय र अभिनेत्री मलिका महतको अभिनयको समेत प्रशंसा गरेका थिए ।
चलचित्रमा मलिकाले लमजुङकी एक ग्रामीण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गर्नुभएको छ । छोरीको कथामा निर्माण भएको चलचित्रमा बाबु र छोरीबीचको स्नेही सम्बन्ध र समाजको पितृसत्तात्मक सोचविरुद्धको संघष कथा छ । प्रिमियरमा निर्देशक सुवेदीले ‘सतीदेवी’ चलचित्र नभएर एउटा क्रान्ति भएको बताउनुभयो ।
प्रिमियरमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पूर्वआइजीपी सर्वेन्द्र खनाल, मिरुना मगर, चैत्यदेवी सिंह, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, निर्देशन दीपेन्द्र लामा, ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, अशोक शर्मालगायत व्यक्तित्वको उपस्थिति थियो ।
चलचित्रमा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायत कलाकारको अभिनय छ ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुति रहेको चलचित्रको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच