काठमाडौं । दुबईमा सिएनए इन्टरनेशनल अनर अवार्ड सम्पन्न भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेन्मेन्टले आयोजनामा उक्त अवार्ड सम्पन्न भएको हो । बर दुबईमा रहेको क्लब एसके सेभेनमा अभिनेता पल शाह र प्रताप दाससहित आधा दर्जन कलाकारसँग दुबईमा रहेका नेपालीहरूले सँगसँगै गाउँदै नाँच्दै खुशी साटेका थिए । आयोजक टिमका सदस्य प्रवीन किरातीले दुबईको कार्यक्रम सफलतासँगै अन्य देशमा पनि कार्यक्रम नियमित गर्ने बताउनुभयो ।
अभिनेता पल शाह, गायक प्रताप दास, गायिका रेखा शाह, लोक गायक सुवास खत्री, कलाकार रितेष पौडेल, गायक सुरज मानन्धर, मोडल दीपक घिमिरे, अर्जुन जिसी, फिल्म डेसानका निर्देशक कमल एक्चै मगर, निर्देशक नितिन चन्द, कलाकार चन्द्र लामा र लीला केसीलगायतले अवार्ड पाउन सफल हुनुभएको थियो । यस्तै हाइलाइट् नेपालका प्रबन्धक जनक तामाङ र ओेएसआर डिजिटलका ओम अग्रवालले चलचित्रकर्मी डिजिटल वितरकको रूपमा अवार्ड लिनुभएको थियो ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सञ्चालन गरेको कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल, नेफिन युएईका अध्यक्ष विक्रम लिम्बु, समाजसेवीहरू बाबुराम परियार, विराज तिरोज, भीम मल्ल ठकुरी, पासाङ शेर्पा, विकास शाही, कुमार बलामी, जे सागर, रमेश ढकाल, हरि मोक्तान, कृष्ण भट्टराई, एमडी बोहोरालगायत क्षेत्रगत विशेष योगदानबाट सम्मानित हुनुभएको थियो । कार्यक्रमले नेपाल–दुबईलाई जोड्नुको साथै नेपाली कला, साहित्य, चलचित्र र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने आयोजक संस्था सेलेब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts