काठमाडौं । नेपली संगीत उद्योग संघमा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले छापा मारेको छ । बुधबार अनामनगर पुगेर प्रहरी टोलीले संघको कार्यालयमा छापा मारेको हो ।
उक्त प्रहरीको टालीले संघको कार्यलयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ । नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाउने समाचार आएपछि छापा मारेको ब्यूरोले जनाएको छ ।
संघका अध्यक्ष सूर्य मगरमाथि प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको छ । फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा उनीमाथि अनुसन्धान भइरहेको ब्युरोका एसएसपी ओम रानाले जानकारी दिनुभयो । प्रहरीले उनलाई बुधबार सोधपुछपछि तारेखमा रिहा गरेको छ । रानाले भन्नुभयो, ‘उहाँ तारेखमा हुनुहुन्छ ।’
मगरले कलाकार र पत्रकार बनाएर ‘अष्ट्रेलिया लान सक्छौं’ र त्यसका लागि २२ लाख लाग्छ भनेको अडियो प्रहरीले फेला पारेको छ । अडियोमा उनले बोलेका कुरा र कागजातको विवरण छानबिन भइरहेको एसएसपी रानाले जानकारी दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता