पोखरा । एस्याप इन्टरटेन्मेन्टको आयोजनामा ‘नेपाल फेशनिष्टा’को दोस्रो संस्करण सम्पन्न भएको छ । पोखराको टीका रिसोर्ट, लेकसाइडमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपालका फेशन आईकन प्रशान्त ताम्राकार, कलाकार एवं नाट्य गुरु अनुप बराल, एस्याप इन्टरटेन्मेन्टका अध्यक्ष एवं नायक सन्तोष अधिकारी, निर्देशक घनश्याम लामिछाने, ब्राण्ड कन्सल्टेन्ट पवनराज जोशी, चलचित्र निर्मात्री प्रतिमा थापा, चलचित्र ‘चित्रा’का निर्माता आशिष थापा मगरलगायतको उपस्थिति रहेको कार्यक्रमलाई जिपी तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा २० जना महिला र पुरुष मोडलले विभिन्न पहिरनमा र्याम्प वाक गरेका थिए । पहिलो सिजन २०१९ मा अष्ट्रेलियाको सिड्नीस्थित मराना अडिटोरियममा सफलतापूर्वक सम्पन्न भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts