काठमाडौं । पुष्प गिरी र आयला चापागाईंको स्वर रहेको गीत ‘आउन वर वर’ सार्वजनिक भएको छ । आयलाकै शब्द एवं संगीत र एचवीएन किस्मतको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रामकुमार नेपालीको निर्देशन रहेको गीतको भिडियषेमा सरोज गिरी र समिता गिरीलाई फिचरिङ गरिएको छ । गिरीले यसअघि ‘दाग, तिमी नै त हो’लगायत दर्जन भिडियोमा अभिनय गर्नुभएको छ । विनय भारतीको छायांकन रहेको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन छ ।






