
विराटनगर । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को विराटनगर अडिशन सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि विराटनगरमा भएको पहिलो अडिशनमा ५० भन्दा बढी बालबालिका सहभागी भएका थिए ।
जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले यही भदौ ७ गते सुनसरीको इटही र भदौ १५ गते धरानमा अडिशन हुने जानकारी दिनुभयो । अडिशनको निर्णायकमा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय, बीपी कोइराला विज्ञान प्रतिष्ठानका डा.श्रवण मण्डल, ‘मिस कोशी २०२४’की विजेता शुभलक्ष्मी राई, ‘मिस कोशी २०२४’की ‘अर्गनाइजर च्वाइस’ विजेता र ‘फष्ट रनरअप’ निशाहाङ्मा लिम्बु, ‘मिस्टर एण्ड मिस लिटिल कोशी २०२३’की विजेता प्रशिका श्रेष्ठ रहनुभएको थियो ।
अध्यक्ष रायका अनुसार प्रतियोगिताको छनोट चरणको अडिशनबाट छानिएका प्रतियोगी फाइनलमा पुग्नेछन् । विजेताले नगद र विभिन्न गिफट हृयाम्परह प्राप्त गर्नेछन् । छैटौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जित्नुभएको थियो । प्रिकाशाले ‘मिस’तर्फ र सुगमले ‘मिस्टर’तर्फको उपाधि जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच