काठमाडौं । कलाकार कोपिल थापा यतिबेला उपचारार्थ हुनुहुन्छ । उहाँ केही समय अगि भारत, पञ्जाबको पञ्चकुलामा गाडी दुर्घटनामा पर्नु भएको थियो । थापाको मूल घर मोरङ सलकपुर हो । उहाँसँगै कारमा रहनु भएकी रूपा थापाको मृत्यु भएको र अर्का नेपाली गोपाल घाइते हुनु भएको थियो ।
कलाकार थापालाई ढाडमा गम्भीर चोट लागेको छ । दुर्घटनापछि चण्डीगढस्थित नेहरु अस्पतालमा उपचार भएको थियो । ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ भने कम्मरभन्दा मुनि शरीरको भाग नचलेकोले काठमाडौंमा थेरापी उपचार चलिरहेको छ ।
विसं २०५३ मा अभिनय क्षेत्रमा प्रवेश गर्नुभएकी थापाले तीन दर्जन बढी टेलिसिरियल र एक दर्जन बढी फिल्ममा अभिनय गर्नु भएको छ । कलाकार कोपिला थापाले पहिलोपटक ‘कालीगण्डकीको सेरोफेरो’ टेलिसिरियलमा जेठी बहिनीको भूमिका निर्वाह गर्नु भएको थियो ।
उहाँले ‘बंस, मोड, करुणा, कसलाई आफ्नो भनुँ, पुष्पाञ्जलि, प्रतिबन्ध, पथभ्रष्ट’ जस्ता टेलिसिरियल र ‘अजम्बरी, नाता, माया बसेछ, मञ्जरी र सम्बोधन’ जस्ता ठूलो पर्दाका चलचित्रमा अभिनय गर्नु भएको छ ।
बहुचर्चित नायक नीर शाहसित २०५३ सालमा ‘आफ्नो बिरानो’ चलचित्रमा अभिनय गर्नु भएकी कलाकार थापाको पछिल्लो चर्चित चलचित्र भने ‘महापुरुष’ हो । यसमा उहाँले चरित्र अभिनेत्रीको अभिनय गर्नुभएको थियो । उक्त चलचित्रमा मदनकृष्ण श्रेष्ठको श्रीमतीको भूमिकामा उहाँले अभिनय गर्नुभएको थियो ।
कलाकार थापाले वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नायकहरू सिमान्त उदास, राजेश हमाल, प्रशान्त ताम्राकार, आर एन सिग्देल, श्रीकृष्ण श्रेष्ठ तथा नायिकाहरू गौरी मल्ल, रेखा थापा, मिथिला शर्मा, निरुता सिंह, सञ्चिता लुइँटेल, मेलिना मानन्धरलगायतसँग पनि अभिनय गर्नु भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts