राष्ट्रपतिलगायत बिशिष्टको सवारीका लागि गगन थापाकाे सुझाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताउनु भएको छ । उक्त घटनामा दोषीलाई कारबाहीका माग गर्दै सरकारबाट तत्काल सुनुवाइ हुनु पर्ने उहाँको जोडसमेत छ ।

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको उल्लेख  गर्दै थापाले भन्नुभएको छ, ‘यस्तो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ।’

थापाले बिशिष्ट ब्यक्तिको सवारीका लागि लागि दुईवटा काम गर्नु पर्ने सुझाव दिनुभएको छ । ‘१० विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ,’ उहाँको पहिलो सुझाव छ ।

ADVERTISEMENT

दोस्रो सुझावमा भन्नुभएकाे छ, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।’ उहाँले आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिने, पालन गर्ने र गराउने कुरामा प्रतिबद्ध रहने जनाउनु भएको छ ।

‘राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन 'नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उहाँको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज