एजेन्सी । प्रसिद्ध फ्रान्सेली अभिनेता एलेन डेलोनको ८८ वर्षको उमेरमा निधन भएको छ । उहाँको आफ्नै घरमा मृत्यु भएको हो । समाचार एजेन्सीका अनुसार उहाँ फ्रान्सेली सिनेमाको स्वर्ण युगको स्टार हुनुहुन्थ्यो । एलेन डेलोनको स्वास्थ्य केही वर्षदेखि नाजुक बन्दै गएको थियो । हालै उहाँको परिवार टुटेको खबरले पनि निकै चर्चा पाएको थियो ।
१९६० को दशकमा एलेन डेलोनलाई फ्रान्सेली सिनेमाको सबैभन्दा सुन्दर अभिनेता मानिन्थ्यो । ‘द लियोपर्ड’ र ‘रोको एण्ड हिज ब्रदर्स’ उहाँका सार्वधिक लोकप्रिय चलचित्र हुन् । उहाँले आफ्नो करियरमा ९० भन्दा बढी चलचित्रमा काम गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता