
काठमाडौं । प्रकाश ओशा र सुपर सुरेशको स्वरमा रहेको गीत ‘रेश्मा’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा सुपर सुरेशकै शब्द तथा संगीत छ भने एरेञ्ज निरज श्रेष्ठले गर्नुभएको छ ।
भिडियोमा गायक सुपर सुरेशसँगै लोसिना लामिछानेको अभिनय छ । सुरेश पाण्डेयको कोरियोग्राफी रहेको भिडियोलाई प्रकाश ओझाले नै निर्देशन गर्नुभएको हो ।
कार्यक्रममा गायक सुरेशले पछिल्लो समयका दर्शक तथा श्रोताको माग अनुरूपकै गीत ल्याएको भन्दै माया पाउनेमा आशावादी देखिनुभयो । गीतको सार्वजनिक कार्यक्रममा अतिथिहरू सुटमालाका सञ्चालक राज कार्की, चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं, पुण्य गौतमलगायत उपस्थिति थियो । कार्यक्रम श्यामहरि शिवभक्तिले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच