काठमाडौं । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपालको जितमा खेलको २४औँ मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
खेलको दोस्रो हाफमा नेपालले अग्रता बनाउने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता फराकिलो पार्ने मौका गुमायो । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह चरणको दोस्रो खेलमा नेपालले बिहीबार बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।
लिगमा आज (सोमबार) समूह ‘बी’ को पहिलो खेलमा भारत र भुटान खेल्नेछन् । सो खेल यही मैदानमा दिउँसो ३ बजे हुनेछ ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा