काठमाडौं । नेपाली चलचित्र ‘द रेड सुटकेस’ले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा वेष्ट फिल्मको अवार्ड जितेको छ । शुक्रबार सम्पन्न फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘वेष्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड जितेको हो । आफ्नो चलचित्रले अवार्ड जितेकोमा निर्माता रामकृष्ण पोखरेलले सम्पूर्ण निर्माण टिमप्रति आभार व्यक्त गर्नुभएको छ ।
फिडेल देवकोटाको लेखन तथा निर्देशक रहेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ । रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेको चलचित्र नेपालमा गत चैत ३० मा सिनेमाघरमा आएको थियो । भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको यो चलचित्रले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा