
जीवनलाई चारैतिरबाट निर्णयात्मक अठोटमा पुर्याएँ त्यसबेला । दुःखका असङ्ख्य भेलहरू अतीत सम्झनाबाट असैहृय भएपछि मान्छे यस बिन्दुमा पुग्दोरहेछ । छँदै थियो गाउँ, त्यो सुन्दर ठाउँ । लेकाली भेग । प्रशस्त सामन्त थिए त्यहाँ । यसभन्दा बढी म जस्तै खान नपाउने भिखारीहरू पनि । आनन्द थियो तर त्यहाँ । तीन भाइ-पुरुषोत्तम, नारद र म हल गोरु जस्तै थियौँ । दुःखजिउलो गरेर भए पनि नारदको घरमा खान, लाउन, बस्न पुग्थ्यो । पुरु र मेरामा यी कुनै चिज थिएनन् एउटा झुप्रोबाहेक । भोको पेटलाई झुप्रोको आनन्द नमिल्नुपर्ने र नाङ्गो आङलाई पनि अहिले सोच्दा तर त्यस बेला आनन्द यस अर्थमा लाग्थ्यो त्यसभन्दा पर सोच्ने चेतनाको जन्म नै भएको थिएन ।
गोठाले जीवनको त्यो फेदीदेखि टुप्पोसम्म यी दुई मित्र-पुरु र नारदभन्दा म निकै अग्लो थिएँ । उनीहरू अन्तरमुखी बढी भएकाले म त्यहाँको हिरो, यिनीहरू जिरो तर समग्र समाजको बनोट नै अदृश्यको, विदितभन्दा अविदितको भएकाले सभ्य ठानिने समाजमा उनीहरू हिरो, म जिरो !
सीमाभित्र विचार जम्नु सुखको बेजोड संसार हो । जसरी कुवाभित्र भ्यागुतो रमाउँछ । घुसको खल्तीभित्र निजामती कर्मचारीको छाती फुल्छ गर्वले, दरिद्र गर्वले । भ्रष्टाचारको अकुत घिनलाग्दो टुकुचा पाएपछि नेताको हुङ्कार उम्लिन्छ खुसीले । हामी पनि त्यस अज्ञानताभित्र मिठो सुखको अनुभूति गरिरहेका थियौँ । बिहानी चरीका कलरवसँग घामको झुल्को अगावै निमेकबाट प्राप्त मकै भुटिदिन्थे आमाहरूले । काम गर्ने छोराछोरी चाहिँ आमाका निकै प्रिय हुन्छन् नै कामको प्यार हो त्यो । मनले चाहेका चेलीहरू र तिनले चाहेका चेलाहरूका घरमा आएर हँसियाखुकुरी खोजिदिने, नाम्लाडोरी मिलाइदिने र ओठका मुस्कानमा सम्पूर्ण ऊर्जा छल्काएर उत्साहका रापसर्वत्र छरिदिन्थे । नजाऊँलाई पनि जाऊँ लाग्ने बनाएर ।
उनीहरू पनि कथं हाम्रा साथ नपाएका खण्डमा कार्यक्षेत्रमा पाइला चलाउँदैनथे र त्यहीँबाट फर्कन्थे एक डोको बहाना-पेट दुख्यो, रिङ्गटा लाग्यो बनाएर । त्यस दिन या त घरको अर्को सदस्यले उसको दायित्व लिइदिनुपर्थ्यो, या त गाईवस्तु, बाख्रापाठाको बेहाल तर त्यसमा सन्तुष्ट । एउटा व्यक्तिमानसको आँखोसँगै नगएकोमा बनाएका अनेकौँ बहानाको सानो सन्तुष्टि तर चरम आनन्दको । नारद यस मामलामा माहिर-राम्रो र गुण्डो पनि । पुरु केही थाहा नपाएको जिङ्ग्रे अलि पितुर्के पाराको पनि । किन हो कुन्नि मलाई थाहा छैन-म अलि बढी रुचाइन्थेँ घाँसेदाउरेका जमातमा । गोठ बस्ने गोठाले मनोलोकका जमातमा । एउटा चाहिँ मलाई लाग्ने अन्तर गौरवको कुरा के भने म त्यही गोठाले अवस्थादेखि नै बाहिरभन्दा बढी भित्र हेर्थें अन्तरमनोदशातिर । चाक्षुस बिम्बमा भन्दा मानस बिम्बमा बढी खेल्थेँ ।
मनका कुरा जस्ताका त्यस्तै निर्भीक भएर बाहिर पोख्थेँ । घाँसदाउरा जाँदा बाटामा जिस्किने, इल्लिने कुरा म भन्दा अर्कोमा हुन्नथे ।
श्लीलभन्दा बढी अन्धसमाजले ठान्ने कथित अश्लीलताका शब्द उच्चारण गर्थें र हेर्थें सबैका मुखमण्डलदेखि अन्तरकुन्तरसम्म । यसबाट उनीहरूमा उत्पन्न अपार आनन्द, चरम सन्तुष्टि, अभूतपूर्व खुसी पाएर म अझ हौसिन्थेँ र नै पर्दाविहीन खुला संस्कारको दरो बढोत्तरी हुँदै गयो । के आफू हाँसेर अर्कालाई हँसाउन सक्नुकै अर्को नाम सच्चा जीवन होइन र ?
गोठाले जीवनको त्यो फेदीदेखि टुप्पोसम्म यी दुई मित्र-पुरु र नारदभन्दा म निकै अग्लो थिएँ । उनीहरू कम बोल्ने र यस मामलामा अन्तरमुखी बढी भएकाले म त्यहाँको हिरो, यिनीहरू जिरो तर समग्र समाजको बनोट नै अदृश्यको, विदित भन्दा अविदितको भएकाले सभ्य ठानिने समाजमा उनीहरू हिरो, म जिरो ! समग्र विश्व समाजको विश्लेषण अहिले आएर केही अन्य अध्ययन गर्नुपर्दैन हामी यिनै तीन स्वभावका पनबाट नै गर्न सक्छौँ । यो छुट्टिन्नथ्यो त्यस बेला त्यस सीमाका अर्थमा र नै सन्तुष्ट ।
वनजङ्गलबाट बेलुकी घर फर्केपछि गोठाले पनका सम्पूर्ण सुसेधन्दा सक्नासाथ हामी तीनजना-पुरु, नारद र म एक ठाउँमा एक बिन्दुमा नै रात बिताउँथ्यौँ प्रायः । यसमा सधैँको स्थायी वासस्थान जस्तै थियो पुरुषोत्तमको गोठ । त्यो कहिले घरबारीमै हुन्थ्यो जसलाई अहिले पनि भँगेरी भनिन्छ । कहिले यसभन्दा बाहिर हुन्थ्यो जसलाई अहिले पनि पहिरे नै भनिन्छ । दुधालु, छिर्केमिर्के परेको झर्लङ्ग फाँचो झुण्डिएको एउटा गाई थियो जसलाई मालीगाई नामले चिनिन्थ्यो सर्वत्र ।
मौसम अनुसार बारीमा काँचै खाने के के छन् ? तिनलाई दिउँसै हामीले तय गरिसकेका हुन्थ्यौँ । काँक्रा झुल्ने मौसममा काँक्रा । रातको सुनसान भएपछि निदाऊन् वा ननिदाऊन् अरू त्यसमा त्यति चासो हुन्नथ्यो हाम्रो ।
यी तीनैजना तत्कालका भिखारी त्यहीँ जम्मा हुन्थ्यौँ रातमा । गाउँका धनीमानी ठालुहरू हामीलाई राम्ररी थाहा थियो तिनका विरुद्ध एकमुष्ठ जुध्थ्यौँ जुनसुकै क्षेत्रमा पनि । यसर्थ अकथित रूपमा वा अव्यक्त रूपमा नै भए पनि उनीहरू निकै डराउँथे हामीसँग तर रातमा यी कुराको चासोभन्दा टाढा दुई साना कुरामा हामी यति रमाउँथ्यौँ यसभन्दा अर्को सन्तुष्टि दुनियाँमा छ भन्ने लाग्दैनथ्यो ।
मौसम अनुसार बारीमा काँचै खाने के के छन् ? तिनलाई दिउँसै हामीले तय गरिसकेका हुन्थ्यौँ । काँक्रा झुल्ने मौसममा काँक्रा । रातको सुनसान भएपछि निदाऊन् वा ननिदाऊन् अरू त्यसमा त्यति चासो हुन्नथ्यो हाम्रो । हामीले सुनसान भएको विश्वास मनमा गर्नासाथ ताके ताकेका ठाउँमा कहिले तीनैजनासँगै त कहिले छुट्टाछुट्टै टप्टप काँक्रा टिपेर हतार हतार निश्चित ठाउँ त्यही गोठमा पुगेर के खाने ? कसैले गुदीमात्र, कसैले बोक्रासहित त कसैले बोक्रामात्र पनि खान्थ्यौँ र बाँकी रहेको भाग जति त्यही माली गाईलाई खुवाउँथ्यौँ । हामी त खाएर प्रत्यक्ष लाभान्वित हुन्थ्यौं नै पुरुका अन्य अनभिज्ञ परिवार पनि हाम्रो चोरीको कार्यबाट अप्रत्यक्ष रूपमा लाभान्वित हुन्थ्यो । कारण मालीगाईका दूधका परिकार उनीहरू पनि खान्थे ।
सबभन्दा रमाइलो त केराउ चोर पेशामा हुन्थ्यो । पहिरेको निकै तल पुछारमा हुन्थ्यो गोठ । रानीवनको छेउ, पहिरेको सिरान, खरीखानीको ठीक मुनिको खरबारीसँगै जोडिएको धनपतिको बारी थियो । बारी त अहिले पनि छ तर बारीका हकदार फरक छन् । निकै धनी धनपतिको घर । यिनको चाहिँ क्षति पनि पुर्याउनुपर्छ भन्ने सोच हामीमा हुन्थ्यो । चढ्यो गोठबाट निस्केर उकालो । जङ्गलको छेउ, निकै रात छिप्पिएको बेला । सँगै वरिपरि एकले अर्कालाई देख्ने गरी टुक्रुक्क बस्थ्यौँ । बीचमा केराउका बोट । लटरम्म भएर झुण्डिएका कोसा । टप्पटप्प टिप्दै उधार्दै, खाँदै । गेडा जति खाँदै बोक्रा पोल्टामा हाल्ने र रित्तिएका बोट पनि उखेल्दै एक ठाउँमा जम्मा गथ्र्यौं ।
अघाइसकेपछि बोक्रा र घाँस बोकेर इल्लिँदै/छिल्लिँदै/गफिँदै हामी टुङ्गामा आउँथ्यौँ । हामी त टम्म छँदैथियौँ मालीगाई अघाएर अझ डम्म । यति सानो सीमाभित्र जन्मेर हुर्केको सन्तुष्टि अहिलेको सर्वसुविधा सम्पन्न परिवेश, प्राप्त सामाजिक कुनै पनि अस्तित्वले दिन नसकेको प्रत्यक्ष अतीत अनुभव म भेल हुँदै पुगेको भद्रगोल जेलमा बसेर जीवन समाप्तिको अन्तिम साइत केही समयपछि नै सामु आउँने विश्वासमा त्यो पल पर्खिरहेको छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच