काठमाडौं । साहित्यकार राम विनयको नवौं कृति पुनर्जन्म प्रकाशित भएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीको समयमा आफ्ना पिता तथा दुई भाइको मृत्यु भएको राम विनयको परिवारमा सबैलाई कोभिड भएको थियो । लेखक राम विनय कोभिडको कारण गम्भीर भएर झण्डै तीन हप्ता अस्पताल बस्नु परेको थियो ।
आइसीयुमा जीवनका अन्तिम सास फेर्दै बाँच्नुभएका विनयले अत्यन्तै कारुणिक संस्मरण लेख्नुभएको छ । आफ्नो परिवारमा भएको बज्रपात तथा आफूले सहनु परेको पीडाबारे उहाँले आफूलाई निचोरेर लेखेको बताउनुभएको छ ।
कविता, नियात्रा तथा निबन्ध विधामा कलम चलाउने राम विनय साहित्य सन्ध्या, जनसाहित्य संघलगायत संस्थामा आबद्ध हुनुहुन्छ । पुनर्जन्म (संस्मरण) कृति शिखा बुक्सले प्रकाशन गरेको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता