एलबी मगर
रोल्पा । रोल्पाका एक किसानले हरियो धनिया बिक्री गरेर डेढ लाख रुपैयाँ आम्दानी गर्नुभएकाे छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा न. ७ का किसान खिम बहादुर कँवरले दुई महिनाको अवधि आफ्नो खेत बारिमा खेती गरेको हरियो धनिया बिक्री गरेर डेढ लाख रुपैया आम्दानी गरेको बताउनु भएकाे छ ।
उहाँका अनुसार करिब पाँच केजि धनियाँको खेती गरेको र धनिया उत्पादन भएको पैंतालीस दिन देखि नै स्थानीय हाट बजारमा बिक्री गर्न शुरु गरेको र दुई महिनाको अबधिमा करिब नौ क्विन्टल हरियो धनिया बिक्री गर्नुभयाे । उहाँले गत बर्ष थोरै मात्रामा धनियाँ खेती गर्नुभएकाे थियाे ।
स्थानीय गाउँपालिकाले पहिलो पटक कृषि हाट बजार शुरु गरेपछि धनियाँले त्यसबेला राम्राे भाउ पायाे । त्यसपछि उहाँमा हाैसला थपियाे, र धनियाँ खेतीमा लाग्नुभयाे ।
उहाँले भन्नुभयाे, 'गाउँकाे हाटमा राम्राे मूल्य पाएपछि ठूलाे मात्रामा धनियाँ खेती गरेँ । त्यस अनुसार खेती राम्रै भयो र बजार भाउ पनि प्रति केजि करिब दुई सय पचास रुपैया सम्म बिक्री गर्न पाइयो।'
करिब एघार बर्ष वैदेशिक रोजगारीका लागि मलेसियामा बसेका कँवरले बिदेशको तितो अनुभव सुनाउनु हुँदै मेहनत गर्न सके गाउँमा नै सुन फलाउन सकिने बताउनु भयाे ।
आफुले धनिया खेतिकासाथै टमाटर , खुर्सानी लगायतका तरकारी खेती गरेको र बार्षिक रूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्ने उद्देश राखेको समेत बताउनु भयाे ।
तरकारी खेतीबाट सोचे अनुरुप आम्दानी हुन थालेपछि धान खेती गर्दै आएकाे खेतमा समेत तरकारी खेती गर्न शुरु गरेको उहाँले बताउनु भयाे । तरकारी खेतीको आम्दानीबाट घर खर्च चलाउनुको साथै चार छोराछोरीको पठनपाठनमा खर्च समेत गर्दै आएको उहाँले जानकारी दिनभयाे ।
उहाँ विदेशकाे कमाइ भन्दा नेपालमा नै कृषिबाट भएकाे आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । उहाँले भन्नुभयाे, 'विदेशमा भन्दा यहाँ सन्तुष्टि मिलेकाे छ । पालिकामै हाट बजार शुरु भएपछि गाउँका धेरै किसानहरू व्यावसायिक तरकारी खेतीमा लाग्नुभएकाे छ । याे राम्राे सुरूवात हाे ।'
यता रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनका अनुसार स्थानीय गाउँपालिकामा तरकारी खेतिको प्रचुर सम्भावना रहेकाे हुँदा पालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा बिकास गर्ने तयारी छ । उहाँले आम नागरिकहरुको आर्थिक जीवन स्तरमाथि उठाउनका लागि धेरै भन्दा धेरै नागरिकहरु लाई कृषि कर्ममा जाेड्ने पालिकाकाे लक्ष्य रहेकाे बताउनु भयाे ।
त्यसका लागि पालिकाले आर्थिक र प्राबिधिक रूपमा किसानहरुलाई सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, 'वर्षाै देखि बिचौलियाको मारमा पर्दै आएका किसानहरुको समस्या, दुख ,पिडालाई मध्य नजर गर्दै पालिकामा पहिलो पटक कृषि हाट बजारको शुरूवात गरि निरन्तरता दिएका छाैं । सातामा दुई पटक हाट बजार संचालन हुँदै आएको छ । एक पटक बजार लाग्दा करिब बाह्र सय किसानहरुले तरकारी बिक्रीवितरण गर्न पाइरहेका छन् ।'
उहाँले हाट बजारमा औषत पचास लाखकाे काराेबार हुने गरेकाे समेत जानकारी दिनुभयाे । अध्यक्ष पुनका अनुसार स्थानीय सरकारले पालिका भित्रका किसानहरुलाई तरकारीकाे बीउ, हाते ट्रयाक्टर जस्ता कृषि उपकरणहरु समेत अनुदानमा उपलब्ध गराउदै आएको छ । र भबिस्यमा समेत निरन्तरता दिदै जाने र पालिका भित्रका किसानहरुलाई व्यावसायिक किसान बनाउन प्रेरित गर्ने र धेरै भन्दा धेरै आर्थिक तथा प्राबिधिक रूपमा सहयोग गर्ने पालिकाको उद्देश्य रहेको समेत उहाँले बताउनुभयो।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts