पेरिस । अमेरिकाले पेरिस ओलम्पिकमा आफ्नो अग्रतालाई कायम राखेको छ । प्रतियोगितामा बुधबार मध्याहृनसम्म अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्य पदक जितेको छ । अमेरिकालाई चीनले २२ स्वर्ण, २१ रजत र १६ कांस्य पदकका साथ पछ्याइरहेको छ । यसैगरी मंगलबारसम्म तेस्रो स्थानमा रहेको आयोजक फ्रान्सलाई अष्ट्रेलियाले उछिनेको छ । अष्ट्रेलिया १४ स्वर्ण, १२ रजत र १० कांस्य पदकका साथ तेस्रो स्थानमा छन् । फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ कांस्यसहित यथास्थानमा छ । मंगलबार उसले एक पदक पनि जित्न सकेन ।
त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १५ रजत र १९ कांस्य पदकसहित पाँचौँ स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कांस्य पदक जितेको छ भने जापानले ११ स्वर्णसहित ६ रजत र १२ कांस्य पदक जितेको छ । त्यसैगरी इटालीले नौ स्वर्ण, १० रजत र सात कांस्य पदक जितेको छ भने नेदरल्याण्ड्सले आठ स्वर्ण, पाँच रजत र ६ कांस्य पदक जितेको छ । त्यस्तै जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार कांस्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, चार रजत र आठ कांस्य पदक जितेको छ । त्यस्तै आयरल्याण्डले चार स्वर्ण, शून्य रजत र तीन कांस्य पदक जितेको छ ।
त्यसैगरी न्युजिल्याण्ड, रोमानिया, हंगेरी र स्विडेनले तीन-तीन स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोएसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले दुई-दुई स्वर्ण पदक जितेका छन् । त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्विजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेई, उज्वेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे र युगाण्डाले एक/एक स्वर्ण पदक जितेका छन् ।
त्यस्तै अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलम्बिया, इथोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्र्डे, क्युबा, इजिप्ट, ग्रेनाडा, इण्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच