काठमाडौं । बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक (टीआरसी) सम्बन्धी तीन दलीय कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने भएको छ ।
सहमति जुटाएको कार्यदलले बुधबार प्रधानमन्त्रीसहितका शीर्ष नेतालाई प्रतिवेदन बुझाउने लागेको हो । कार्यदलका सदस्य तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अहिले बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउने कार्यक्रम छ।
टीआरसी कार्यदलमा गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य छन्। टीआरसीका विवादित विषयमा कार्यदलले यही साउन १७ गते सहमति जुटाएको थियो।







