त्यो तिमी नै हौ
अहिले म भेटेसम्म उपनिषद् र वेद बुझ्नका लागि सहायक हुने ग्रन्थ पढ्ने प्रयास गर्दै छु । हनुमानले क्षारसमुद्र पौडी खेलेर नै तरेका थिए । म पनि क्षारसमुद्रमा विनासाधन होइन पूर्वाचार्यले गरेका टीकाटिप्पणी आदिलाई चिराग बनाएर अँधेरी रातमा क्षारसमुद्रमा पौडी खेलेजस्तै गर्दै छु । ‘प्रथमे नाधितं विद्या’ बेलामा न राम्ररी व्याकरण पढियो न त वेद नै । अहिले आएर लाटा देशको गाँडो तन्नेरी बन्ने लोभले सतायो । उपनिषद्हरूमा वेदका महावाक्य जस्ता वाक्य अनगन्ती भेटिँदारहेछन् । यिनले ब्रहृम, ईश्वर र आत्मालाई चिनाउन भगीरथ प्रयत्न गरेका रहेछन् । पौरस्त्य जीवनका समग्र चिन्तनमा आत्मबोधभन्दा ठूलो कुरो अर्को देखिँदोरहेनछ । यससँग तुलनीय पुरुषार्थ नै रहेनछन् । धर्म, अर्थ, काम र मोक्षका अन्तर तहमा आत्मबोध भन्दा अर्को आनन्ददायक चिजै केही रहेनछ ।
यसलाई ब्रहृमसाक्षात्कार पनि भनिँदोरहेछ । आत्मा या ब्रहृम, या ईश्वर या त परमसत्ता जेजे भने पनि त्यो चाहिँ त्यही (ब्रहृम/आत्म) नै रहेछ । बाला, सिक्री, चुरा, औंठी, बुलाकी, फुली जे जे भने पनि कि मूल्यवान् सुन कि कममूल्यका कुनै न कुनै धातु भए जस्तै ब्रहृम या आत्मतत्वबाहेक केही रहेनछ सबै निःसार सबै क्षणिक । सबै क्षणभङ्गुर, नश्वर, शरीररूप पुत्लाको आवरण, आँखाको जिब्राको स्वाद, रामरमिता मात्रै । ‘एको देवः सर्वभूतेषु गूढ सर्वव्यापी सर्वभूतान्तरात्मा’ त्यही एउटा परमात्मा या ईश्वर नै जो सारा प्राणीका हृदय भनिने ओडारमा लुकेर अदेखा बनेर बसेको छ र त्यही नै सर्वव्यापी र सबैको आत्मस्वरूप मानिन्छ ।
आदि शंकर (आठौं शताब्दी) ले चारवेदसँग सम्बद्ध चारवटा उपनिषद्बाट चारैवटा महावाक्य निकालेर राखेका रहेछन् । तिनैलाई वेदान्तले चार महावाक्य भन्दोरहेछ । उपनिषत्मा जीव, ब्रहृम र जगत्को अति गम्भीर चर्चा गरिएको भेटिन्छ । (क) मायाविशिष्ट ईश्वर तर मायारहित । (ख) मायाले छोपिएको ढाकिएको जीव र मायामुक्त ब्रहृम । (ग) जीव र मायाका बीचमा रहेर पनि तदपृष्ट ब्रहृम पद्मपत्र जस्तो ब्रहृम । आज म सामवेदीय उपनिषत् ‘छान्दोग्योपनिषत्’मा रहेको तत्वमसिका सम्बन्धमा आवश्यक छलफल गर्न खोज्दै छु ।
‘स यएषोद्रणिमैतदात्म्यमिदः सर्वं तत्सत्यः स आत्मा तत्वमसि श्वेतकेतो इति भूय एव मा भगवान्विज्ञापयत्विति तथा सोम्येति होवाच’ (छान्दो,६,८,७) । त्यो जुन अणिमा छ यो सबै ब्रहृमरूप नै हो भन्ने जान्नुपर्छ । त्यो सत्य छ र त्यही आत्मा हो । हे श्वेतकेतु ¤ त्यो तिमी नै हौ (आरुणिले यसरी भनेपछि) (स होवाचः श्वेतकेतुले भने) भगवन् ! मलाई फेरि सम्झउनुहोस् सोम्य ¤ त्यसो भए सुन भनेर आरुणि फेरि भन्न लाग्छन् । यो जुन् सत्य संज्ञक अणिमा या अणुलाई नै जगत्को मूल भनेर भनियो त्यो ऐतदात्म्य मानिन्छ । यो भनेको यही नै सबै हो भनेको हो औपनिषदिक भाषामा । जुन सबैको (एतद्) यो सत्यात्मा छ त्यसलाई नै एतदात्म भनिन्छ ।
सत्संज्ञक आत्माका कारणले नै यो समग्र जगत् आत्मवान् कहलिन्छ । यसको आत्मा पनि कुनै अरू सांसारिक जीव या वस्तु नभएर ब्रहृम या आत्मा या जीव नै हो किनभने यसभन्दा अर्को कुनै द्रष्टा छैन र यसभन्दा अर्को कुनै श्रोता पनि छैन ।
अर्थात् यही सत्संज्ञक आत्माका कारणले नै यो समग्र जगत् आत्मवान् कहलिन्छ । यसको आत्मा पनि कुनै अरू सांसारिक जीव या वस्तु नभएर ब्रहृम या आत्मा या जीव नै हो किनभने यसभन्दा अर्को कुनै द्रष्टा छैन र यसभन्दा अर्को कुनै श्रोता पनि छैन । यो कुरो अन्यान्य श्रुतिबाट पनि प्रमाणित छ । जुन आत्माबाट यो सिंगो जगत् आत्वान् बनेको छ त्यही सत्संज्ञक आत्माका कारणले नै परमार्थ पनि सत्भएको हो । यसो भएको हुनाले त्यो आत्मा नै जगत्को प्रत्यक्स्वरूप अर्थात् सत्तत्व अर्थात्यथात्म्य (आत्मा जस्तै) मानिन्छ ।
जसरी गो, हस्तिन् आदि शब्द गाई हात्ती आदिमा रुढ भएको मानिन्छ ठीक त्यसैगरी उपपदविनाको आत्मा शब्द प्रत्यगात्मामा रूढ छ भन्ने मानिन्छ । अतः हे श्वेतकेतु त्यो सत् तैँ होस् । यसरी प्रतीति गराएका आरुणिका छोराले फेरि भने भगवन् मलाई फेरि सम्झाउनुस् । तपाईंले भनेका कुराबाट अहिले मलाई झन् सन्देह भयो । प्रत्येक प्राणी सुषुप्तिका दशामा सत्यमा पुग्छन् तर पनि तिनीहरू यो कुरो किन जान्दैनन् म सत्मा पुगेँ भनेर चाहिँ ?
सामवेदान्तर्गतको छान्दोग्योपनिषत्मा पिता आरुणि र पुत्र सत्यकेतुका माध्यमले व्यापक चर्चा, चिन्तन र उदाहरणप्रति उदाहरणपछि यो तत्वमसि शब्दले तत्+त्वम्+असि त्यो तिमी नै होऊ भन्ने बुझाउँछ । तत् पदले ब्रहृम, चिद्घनानन्दस्वरूप चैतन्यतत्वलाई बुझाउँछ । त्वम् पदले तिमी जडजीवलाई बुझाउँछ । असि पद क्रियापद हो जसको अर्थ तिमी नै होऊ भन्ने हुन्छ । भानुभक्तले आफ्नो कृति रामायणमा यसरी भनेका छन्— जो यो तत्वमसी छ वाक्य यसको वाक्यार्थ जानी लिनू ।
यस्मा तिन पद छन् इ तीन पदको तात्पर्यमा मनदिनू ।।
तत्का अर्थ परात्म हुन् ति पदमा त्वम भन्नु जीवात्म हो ।
यिनको ऐक्य बुझाउन्या असि छ पद रात् दिन् विचार गर्नु यो ।।
भानुभक्तका स्रोत व्यक्ति वेदव्यास हुन् । वेदव्यासको अध्यात्म रामायणमा वेदव्यास पनि यसै कुरालाई सम्झउँदै भन्छन्—
श्रद्धान्वितस्तत्वमसीति वाक्यतो गुरोःप्रसादादपि शुद्धमानसः
विज्ञाय चैकात्म्यमथात्मजीवयोः सुखी भवेन्मेरुरिवा प्रकम्पनः ।।२४।।
अर्थात् फेरि शुद्धचित्त भएर श्रद्धापूर्वक गुरुका अनुग्रहबाट तत्वमसि यस महावाक्यबाट परात्मा र जीवात्माको एकता जानेर सुमेरु पर्वत जस्तो निश्चल एवं सुखी र खुशी रहनुपर्दछ । यसरी उपनिषत्, रामायण र वेदका कुरालाई पढेर वा नपढेको भए पनि आजको नेपालमा आउँदै गरेको सुरसाको जस्तो सर्वभक्षी संस्कृति र उपभोक्ताको सर्वसंहारकारी प्रवृत्तिबाट हाम्रा पौरस्त्याचार्यले गरेका चिन्तनमूल्यको सुरक्षणका लागि हरि मन्जुश्रीले बनाएको एउटा वैदिक गान यस महावाक्यलाई बुझाउन समर्थ देखेको हुनाले अब म त्यही वैदिक गानका थायी र अन्तराको कुरा गर्दछु । जीव र ब्रहृमको उत्पत्ति सँगसँगै भएको हो ।

हामी जति शाश्वत् र पुराना छौँ ईश्वर पनि त्यत्ति नै पुरानो र शाश्वत् छ । बीचमा रहेको मायाले दुवैलाई आम्नेसाम्ने हुन नदिए पनि जसरी डाँडा पाखामा परेको पानी खोलो खोल्सो हुँदै नदी, तलाउ र सागरमा नै पुग्छ ठीक त्यसैगरी यो जीव पनि आत्मतत्वको परम राश परात्ममा नपुगीकन शान्त हुँदैन । यसले खोजेको सुख, शान्ति र आनन्दको परमनिदान भनेको नै त्यही आत्मपरात्मतत्व ब्रहृम हो नै । दूधमा घ्यू, बीजमा वृक्ष, मुमूर्षुमा परिचयक्षमता, समग्र ब्रहृमाण्डमा हावा र अग्नि जसरी नै त्यो व्याप्त छ । त्यो हरि, राम, कुलप्रसाद, गाई, गोरु, हात्ती, चाण्डाल र भुसुनुसम्म सबै हो—शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।
ॐ तत्वमसि ॐ तत्वमसि
हे प्रभु ! तिमी छौ सबमा व्याप्त
भन तिमी नै लौ म के चढाउँ ?
आँसु छ तिम्रै, रोदन तिम्रै,चर्चर चिरिने छाती तिम्रै
छैन कुनै पनि तिमी भन्दा पर, हे ! प्रभु तिमीमा म के चढाउँ ?
जो जे चढाउँछ त्यो तिमी नै हौ, भन्दछ वेद पनि ॐ तत्वमसि
ॐ तत्वमसि ॐ तत्वमसि
यो ब्रहृमाण्ड नै जसको शरीर छ त्यो भन्दा भिन्न के चिज छ र ? कसले कहाँबाट के ल्याउने भन्ने कल्पनालाई आरुणिका पितापुत्रका संवादले स्पष्ट गरेको छ उपनिषत्मा भने यहां पनि हरिले एउटा भजनमा पानी माछाको जुठो, दूध बाछाको जुठो, फल चराको जुठो शब्द थुकले भिजेको अनि मके तिमीलाई चढाउँ भनेर गाएको सुनिन्छ त्यसको प्रभाव पनि हरिमञ्जुश्रीका अवचेतनमा परेको देखिन्छ । उपनिषत्ले ब्रहृम नै मै हुँ भनेको छ । यहाँ चढाउने र ग्रहण गर्ने कुरो छैन । मैले मैलाई चढाउन सक्छ र ? कसैले कहिल्यै ? यसबाट के बुझिन्छ भने गीतकारले या त उपनिषत् पढेनन् या त उपनिषत्को स्थापना बुझेनन् भन्नु पर्ने हुन्छ ।
चारै वेद तिनका षड्ग सबैले जडजीव र चेतन अचेतन, चराचर, सूक्ष्मस्थूल जलवायुआकाश, काहिँ पनि केही छैन । केबल त्यो ब्रहृम नै ब्रहृम छ भनेर एकोहं बहुस्याम, अहं ब्रहृमास्मि सम्म भनेर चित्रण गरेको छ ।
चारै वेद तिनका षड्ग सबैले जडजीव र चेतन अचेतन, चराचर, सूक्ष्मस्थूल जलवायुआकाश, काहिँ पनि केही छैन । केबल त्यो ब्रहृम नै ब्रहृम छ भनेर एकोहं बहुस्याम, अहं ब्रहृमास्मि सम्म भनेर चित्रण गरेको छ । समग्र छान्दोग्योपनिषत्मा दिएका दृष्टान्त अत्यन्तै परिष्कृत, असंशोध्य रहेका देखिए पनि चोर अनि अग्नि दाहक दण्डका व्यवस्थामा भने काँचो कचिलोपन कसरी प्रवेश ग¥यो र आदि शंकरलगायतका विज्ञले यस उदाहरणलाई कसरी पचाए ? कुनै चोर समातियो केरकार गर्दा उसले मैले चोरेको छैन भनेर अडान लियो ।
न्याय दिनेले हर प्रकारले सम्झाउँदा पनि टसमस भएन । त्यस्तो बेला दण्डाधिकारीले फलाम तताएर डाम्छन् । चोरेको रहेनछ भने सत्यका आवरणले ऊ डामिँदैन र चोरेर पनि ढाँटेको रहेछ भने ऊ सकिन्छ भन्ने जुन उदाहरण छान्दोग्योपनिषत्मा दिइएको छ यो चाहिँ तर्कसंगत, बुद्धिसंगत र वैज्ञानिक या न्यायसंगत पनि मेरा चेतनाले मान्न सकेन । ठीक यसैगरी हरिको वैदिकगान पनि बहकिएको देखिन्छ:
जसले दिन्छन् लात र घात, तिनमा पनि त वास छ तिम्रै
तिमी विनाको ठाउँ कहाँ छ र, हे ¤ प्रभु तिमीमा म के चढाऊँ
जो जे चढाउँछ त्यो तिमी नै हौ, भन्दछ वेद पनि तत्वमसि
ॐ तत्वमसि ॐतत्वमसि
धोका कष्ट र पीडा तिम्रै, मुटु दुख्ने सब घटना तिम्रै
तिमीसँग न हुने के छ र अर्को, हे प्रभु तिमीमा म के चढाऊँ
जो जे चढाउँछ त्यो तिमी नै हौ, भन्दछ वेद पनि तत्वमसि
ॐ तत्वमसि ॐ तत्वमसि
दिनेलिने घृणा, इष्र्या, जित हार सबै उही नै भएपछि जीव अलन्तार परेको देखिन्छ । आराध्यमा केही न केही चढाउने कल्पनाका कारणले गीतमा तर उपनिषत्मा यस्तोपन छैन । उपनिषत्मा त गुरुले शिष्यलाई जीवजड र ब्रहृममा ऐक्यता स्थापित गर्दछन् । पिताले पुत्रलाई जे पढेपछि केही पढ्न, जान्न र बुझ्न शेष रहँदैन त्यो शिक्षा दिएका छन् । यहाँ प्रतिमान बनेर आएका आरुणि र श्वेतकेतु आजको विश्वका पुग्नपुग आठ अर्ब मान्छेदेखि यस दृश्यमान सौर्य परिवारका याबत् कुराको प्रतिनिधित्व गरेर उभिएका छन् तर गीतको वक्ता भने फितलो भयो उसलाई चढाउने सुर चढेको छ । यो दार्शनिक होइन यो परम्परापे्ररित कमजोर कर्मकाण्डी देखियो । कर्मकाण्ड ज्ञान, विज्ञान तर्क र शास्त्रसम्मत कुरा होइन ।
यो केटाकेटीको भात पकाइ खेलजस्तो मात्रै हो । काठको चामल, चित्रतुरग, झुम्राको पुतली यसले एकोहं द्वितीयो नास्ति भन्न सक्दैन । एकैवाहंजगत्यत्र द्वितीया का ममापरा ? पश्यैता दुष्टम्ययेव विशन्त्यो मद्विभूतयःम एक्लैले योजगद् व्याप्त छ÷भरिएको छ मभन्दा अर्को को कहाँ छ लौ देखा त हेर, यी सबै ममा नै आएर विलीन हुन्छन् भनेर भगवती पार्वतीले निशुम्भलाई मारेपछि रणमैदानमा आएको शुम्भलाई चण्डीको दसौं अध्यायमा भनेकी छन् । पञ्चमहाभूतका रूपमा देखिएर ब्रहृमाण्ड व्याप्त पुरुष शिव नै हुन् भने नारी पार्वती नै भएकी हुनाले उनी शुम्भलाई चुनौती दिन्छिन् र छान्दोग्योपनिषत्सम्मत् यो भनाइ पनि रहेको देखिन्छ ।
ममता स्नेह र माया तिमी नै, व्यथित हृदयको घाउ तिम्रै
देखिन मैले भिन्न कुनै पनि, हे प्रभु ! तिमीमा म के चढाऊँ
जो जे चढाउँछ त्यो तिमी नै हौ, भन्दछ वेद पनि तत्वमसि
ॐ तत्वमसि ॐ तत्वमसि ।।
स आत्मा तवातस्तत्वमसि हे श्वेतकेतो !!!







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts