एजेन्सी । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त हुनुभएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्नुभएको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ ।
यस अघि मंगलबार राष्ट्रपतिले संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खुला गर्नुभएको थियो । विद्यार्थी नेताहरूले सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तरिम सरकारको नेतृत्व गर्न युनुसलाई जोड दिएका थिए।
८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो ।
विद्यार्थी आन्दोलन थेग्न नसकेपछि शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भाग्दै भारतको शरणमा पुगेपछि बंगलादेशमा नयाँ राजनीतिक कोर्स सुरु भएको हो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts