काठमाडौं। घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमाचिपरिचित प्रतिद्वन्दी भारतलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको खेलमा नेपालले उपाधि दाबेदार भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको हो।
नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।
पहिलो सेट २५-१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२-२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५-१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८-२५ ले गुमाउन पुग्यो । पाँचौं सेटमा १५-१३ ले जीत निकाल्दै नेपालले इतिहास बनाएको हो ।
यसअघि सन् २०१९ को सागको फाइनलमा नेपाल र भारतबीचको दशरथ रंगशालामा नै उत्कृष्ट प्रदर्शन भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच