धादिङ । अविरल वर्षाका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तरगत गल्छी–बैरेनी सडक खण्ड पूर्णरुपमा सञ्चालनमा आएको छ ।
लेदो सहितको पहिरो खसेपछी अबरुद्ध भएको उक्छ सडक खण्ड मंगलबारबाट सञ्चालनमा आएको हो । यस्तै राजमार्गको ठाँउ–ठाँउमा स–साना र ठूला पहिरो खस्दा सवारी आवगमनमा समस्या आएको छ ।
अधिकांश स्थानमा सवारी एकातर्फी मात्रै सञ्चालनमा छ । राति पानी परेका कारण खोलामा पानीको बहाव बढेको र सडकमा पानी पसेपछि बजार समेत जलमग्न भएको थियो ।
अहिले पृथ्वी राजमार्ग राजमार्ग हुँदै संघीय राजधानी प्रवेश गर्ने र राजधानीबाट तराईका जिल्लाहरुमा जान निस्किएका यात्रुबाहक र मालवाहक सवारीका साधनहरु निकै कष्टकर यात्रा गर्न बाध्य छन् ।
सडक पहिरोको जोखिममा रहेको छ भने जथाभावी खनिएको सडकका कारण खाल्टाखुल्टीले दुर्घटनाको पनी उत्तिकै खतरा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।







