काठमाडौं । रातभरको भारी वर्षाले काठमाडौंमा बाढी आएको छ। काठमाडौं महानगरपालिका ३२ नरेफाँट क्षेत्रमा बाढी पसेको हो। मनोहरा खोला र हनुमन्तेको दोभान क्षेत्रको करिडोर सडक ठप्प भएको छ।
बाढीले मनोहरा करिडोर पूरै डुबानमा परेको हो। बाढीले ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न ठाउँमा समेत क्षति गरेको छ। यता काठमाडौंको टेकुमा पनि बाढी पसेको छ । नदीले आसपासका बस्ती डुबानमा परेका छन् ।
बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।
बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले मोबाइलमा सन्देश पठाउँदै गोदावरी खोलाको जलमापन केन्द्र जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।





तस्बिर : नेपाल फाेटाे लाइब्रेरी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts