
आँखाका तारा, बुढेसकालका सहारा आफ्ना प्राणभन्दा प्यारा सन्ततिलाई विदेश पठाउनुपर्दाको पीडाले आक्रान्त, ढल्किँदो उमेरका दुई जना पुरुष बिदाईपश्चात चिसा भएका आफ्ना आँखा पुछ्ँदै एयरपोर्टबाट बाहिर निस्किँंदै थिए । जीवनका सबै बाजी हारेझैं निरास र थकित देखिने उनीहरू एक-आपसमा मनका पीडा साटासाट गर्ने अभिप्रायले एउटा रेष्टुरेण्टमा पसे ।
लन्च-ब्रेकको समय थियो । हो-हल्ला गर्दै रेष्टुरेण्टभित्र पस्दै थिए बैंकका एक हुल कर्मचारी । आ-आफ्नो समूह बनाएर टेबल ओगटेका उनीहरू आपसी ख्याल-ठट्टा र रमाइलोमा व्यस्त भए । दुइटी युवती र एउटा युवक उनीहरू बसेको नजिकको टेबल ओगटेर बसे । युवाहरूको उपस्थितिले अनायास नै वातावरण बदलिएर शरीर हलुंगो भएको अनुभूति भयो दुवैलाई । विदेश पलायन भएका आफ्ना छोराछोरीको अनुहार ती युवामा खोज्दै गरेझैं ध्यानमग्न अवस्थामा पुगेका दुवैजना उनीहरूको वार्तालाप सुन्नमा तल्लिन भए ।
यो मोरीले पी.आर.र ग्रीनकार्ड होल्डर तन्नेरी त देख्नु हुन्न भाइ ! उसैसँग अहिल्यै सल्किउँलाजस्तो पो गर्छे । तँ अरूसँग सल्किइस् भने बिचरा मुकुन्द दाइको विजोक हुँदैन’ भन्दै हाँसी कञ्चन । दिप्तिले आफ्नो छुराजस्तो मुख चलाउँदै भनी, ‘हेर कञ्चन ! आफू त प्रष्ट मान्छे, कुरा पनि प्रष्टै हुन्छन् । एक-डेड वर्ष अरू पर्खिने हो ।
हातमा कोकको बोतल, अनुहारमा रहस्यात्मक मन्द-मन्द मुस्कान, हस्याँग-फस्याँग गर्दै ती युबा बसेछेउको खाली कुर्सी तानेर बसेकी युवतीले छेउको युवकलाई कोट्याउँदै भनी-‘ए मुकुन्द ! तिमीले थाहा पायौं ? ऋण शाखाकी दिव्याले विवाह गर्दैछ नि !’
‘कोसँग ?’ मुकुन्दले सोध्यो..
‘तिमीसँग होइन ।’
उसको जवाफले सबैजना हा..हा..गर्दै हाँसे ।
अर्की युवती जसको नाम दिप्ति थियो, उसले मुकुन्दपट्टि फर्किएर देब्रे आँखा झिम्क्याउँदै भनी ‘यो रम्भा पनि कस्तो सोमतहीन भइछ । भन त ! दिव्याले विवाह गर्दैछ भने यसमा तिम्रो के दोष ?’
एक पटक फेरि हाँसोको फोहरा फुट्यो । सबैले दिप्तिको ‘सेन्स अफ् हृयुमर’को प्रशंसा गरे ।
मुकुन्दले दिप्तिलाई ट्वाँ..परेर हेरिरहृयो ।
कुर्सीबाट उठ्न लागेकी रम्भालाई लक्षित गर्दै दिप्तिले भनी–‘ए साँच्ची ! तिम्रो पनि त विवाह हुँदैछ भन्ने सुनेकी थिएँ, कोसँग र कहिले हो ?’
रम्भाले आँखा नाचाउँदै भनी, ‘आफूले त पि.आर.पाउन मरिहत्ते गरेर विदेश पलायन हुने भगौडालाई नरोजेर विश्वविद्यालयको एउटा प्राज्ञलाई पो रोजियो । विवाह अर्को हप्ता हुँदैछ । तिमीहरू सबैलाई अहिलेदेखि नै निम्तो छ है !’ भन्दा ‘लौ है, बधाई छ !!’ भन्दै सबैजनाले प्रसन्नता प्रकट गरे ।
उनीहरूले बधाई दिँदासम्म कोकको बोतल रित्याएकी रम्भा ‘फोरेक्स शाखामा डलर साट्नेको भिड लागिसक्यो होला, म त हिँडे है !’ भन्दै रेष्टुरेण्टबाट बाहिर निस्किइ ।
रम्भा हिँडेपश्चात्, रेष्टुरेण्टको कुनाको टेबलमा एउटा युवकसँग मस्किएर जिस्किंँदै बसेकी युवतीलाई नियाल्दै गरेकी दिप्तिले छेउकी युवतीलाई भनी, ‘हेर् त कञ्चन, त्यो नखर्माउली निनाले अंग प्रदर्शन गर्नकै लागि जानी–जानी दुई साइज सानो ब्रेजियर लगाएकी ! उसैलाई मात्र जवानी चढेजस्तो ! आफ्नो यौवनको प्रदर्शन गर्ने कत्रो सोख होला त्यसलाई ?’
कफी पिउँंदै गरेकी कञ्चनले भनी, ‘लाओस् न त ! लुगा लगाउन पनि तँलाई सोध्नुपर्ने हो कि क्या हो ? आ–आफ्नो इच्छा हो, जसलाई जे मन लाग्छ त्यही लगाउँछ । अरूको कुरा किन काट्नु परेको नि तँलाई ? बरू ऊसँग बसेर हा..हा..हि..हि..गर्दै छिल्लिने युबक को हो थाहा छ तँलाई ?’
कर्के नजरले युबकलाई नियाल्दै गरेकी दिप्तिले जवाफ फर्काई, ‘भने पो थाहा हुनु ?’
‘तँ हामी जस्तो नेपाली बैंकको जागिरे कहाँ हो र ऊ ? ऊ त अमेरिकन बैंकमा काम गर्ने ग्रीनकार्ड होल्डर हो । निनाले ऊसँग छिट्टै बिहे गर्दैछे’ भन्दा दिप्तिका चुलबुले आँखा पुनः एक पटक युवकतिर फर्किए ।
त्यो युवकलाई नियाल्दै गर्दा लालायित भएकी दिप्तिले भनी- ‘मेरा बा, लौन नि ! कस्तो हृयान्डसम केटो !! त्यसमाथि ग्रीनकार्ड होल्डर अरे, कस्ती भाग्यमानी रै’छ निना त होगि..!’
‘लौ हेर त ! यो मोरीले पी.आर.र ग्रीनकार्ड होल्डर तन्नेरी त देख्नु हुन्न भाइ ! उसैसँग अहिल्यै सल्किउँलाजस्तो पो गर्छे । तँ अरूसँग सल्किइस् भने बिचरा मुकुन्द दाइको विजोक हुँदैन’ भन्दै हाँसी कञ्चन ।
दिप्तिले आफ्नो छुराजस्तो मुख चलाउँदै भनी, ‘हेर कञ्चन ! आफू त प्रष्ट मान्छे, कुरा पनि प्रष्टै हुन्छन् । एक-डेड वर्ष अरू पर्खिने हो । मुकुन्दले अष्ट्रेलिया जाने तरखर गरेन भने पी.आर. होल्डर कुनै अर्कै केटो रोज्न बेर लाउँदिन मैले !’
दिप्तिको कुरा सुनेर असजिलो अनुभव गरेको मुकुन्दले कुरा अन्यत्रै घुमाउने उद्देश्यले भन्यो, ‘ए साँच्ची ! तिम्रो ब्वाइफ्रेण्ड पनि त अष्ट्रेलियामा नै छ क्यारे होइन कञ्चन ? जाने तयारी त चल्दै होला ? साइत कहिलेको जु¥यो नि ?’
मुख अमिलो पारेर, ‘आफ्नो सपना त त्यत्तिकै तुहियो मुकुन्द दाइ ! अब त एयरपोर्टमा सुन खान पल्केको कुनै गती-छाडा देशी साँढे खोज्नु पर्ला जस्तो छ’ भन्दै कफीको रित्तो कप टेबलमा राखी । दिप्तिले भनी, ‘छ्या हौ ! अचाक्ली कुरा नगर् न । एम.बि.ए.पास गरेकी युवतीले रूपैयाँ छ भन्दैमा दुई नम्बरी साँढेसँग बिहे गर्ने ?’
उसैलाई मात्र जवानी चढेजस्तो ! आफ्नो यौवनको प्रदर्शन गर्ने कत्रो सोख होला त्यसलाई ?’
कफी पिउँंदै गरेकी कञ्चनले भनी, ‘लाओस् न त ! लुगा लगाउन पनि तँलाई सोध्नुपर्ने हो कि क्या हो ? आ–आफ्नो इच्छा हो, जसलाई जे मन लाग्छ त्यही लगाउँछ ।
बाँच्नका लागि चाहिने त रूपैयाँ नै हो दिप्ति । एकपटक सोच त मेरो एम.बि.ए.ले मलाई के दियो ? बैंकको एउटा सिनियर क्लर्क, त्यो पनि वर्षौं काम गरेपश्चात् । तँ आफूले आफैंलाई सोध न, तेरो डिग्रीले के दियो तँलाई ? बैंकको एउटा सहायक पद । त्यो पनि कसैको सिफारिशमा । त्यत्ति न हो ? प्रोमोसन पाएर अफिसर बन्छु भन्ने सोचेकी होलिस्, होइन ? त्यस्तो आश नगरे हुन्छ बाबै ! प्रोमोसनको लिष्ट तयार हुँदासम्म ठिक्क बेलामा धोती फेर्न आइपुग्छे या आइपुग्छ ब्यांकरको कुनै आफ्नो-आफन्त । तँ हेरेको हेर्यै हुनेछस् ।
दिप्तिले भनी, ‘कति विधि नकारात्मक कुरा गरेकी यो कञ्चनले ? भयो, छोड्दे यो कुरा । बरू नढाँटी भन् न, तेरो प्रेम प्रसंग कता पुग्यो ?’ कञ्चनले भनी, ‘अघि नै भनिन्, प्रेम र विवाह दुवै कुरा चंगा चैट भए जसरी चैट भए ।’
‘अनि ! तिमीहरूको यत्तिका वर्षसम्मको प्रेम ! के भयो ?’
लामो उछ्वास छोड्दै गरेकी कञ्चनले भनी- हेर दिप्ति, आजको परिवेशमा प्रेमको परिभाषा बदलिएको छ । यसको गति, मति सबै जिन्दगीको आवश्यकतासँग जोडिन पुगेको छ ! प्रेम एउटा सफा सुन्दर घर बन्न सक्दैन ? ब्रेकफाष्ट र डिनर बनेर प्लेटमा सजिन सक्दैन ? मल्टिप्लेक्सको दुइटा टिकट बन्न सक्दैन ? न त्यो अष्ट्रेलिया र अमेरिकाको पी.आर.नै बन्न सक्दछ । ई सब कुराको परिपूर्तिका लागि चाहिने भनेको साधन र सम्पन्नता नै हो । त्यसैले मैले भन्ने गरेकी छु- प्रेम एउटा रोग हो । यो एउटा हरामी खेल हो । यसले गर्नसक्ने कुरा एउटै हो, इच्छा रूपी घाउहरूमा औंलो घुसारेर लगातार मर्माहित् बनाइ रहने ।
अर्को कुरा पनि सुन्, प्रेम र परदेश ई दुवैविपरीत ध्रुर्वमा उभिएका बस्तु हुन् दिप्ति ! आफ्नै आँखाअगाडि हुँदा त कसले, कुन स्वार्थमा फंसेर, कुन बेला के गर्ने हो ? भन्ने टुंगो हुँदैन, त्यसमाथि परदेशको कुरा । अष्ट्रेलियामा पाँच वर्षको अवधी बिताउँदा पनि पी.आर.पाउन नसकेर नेपाल फिर्नुपर्ने स्थितिमा पुगेको त्यो मुर्धारले पी.आर.होल्डर दुई छोराछोरीकी आमा एउटी भियतनामी स्त्रीसँग बिहे गरेछ ! उसले पी.आर.लाई नै प्रेम ठान्यो ।
कञ्चनको असफल प्रेमको कुरा सुन्दा मन खिन्न भएका सबैले ‘चुक..चुक..’ गर्दै ऊप्रति सहानुभूति प्रकट गरे । उनीहरूको क्षणिक सहानुभूतिप्रति आपत्ति जनाएकी कञ्चनले भनी, ‘एउटा प्रेमीसँग ब्रेकअप हुँदैमा दुनिया रित्तिन्छ कि क्या हो ? आफ्नो शरीर र मन चुस्त-दुरुस्त हुनुपर्छ, त्यस्ता जोइटिंगरे प्रेमी कति भेटिन्छन्-भेटिन्छन्’
त्यस्तैमा मुकुन्दले घडी हेर्दै घोषणा गर्यो- ‘म्याडमहरू, लन्च-ब्रेक सकियो । गफको प्रसंग टुंग्याउं अब । काउन्टरमा ग्राहकको ताँती लागि सक्यो होला, जाउँ !’
सबै जना उठेर आ-आफ्ना काउन्टरतिर लागे ।
महत्वाकांक्षी ती युवाका आ-आफ्ना जीवनका तीतामीठा अनुभव र अनुभूति, भावी जीवनको कल्पनाका उडानको साक्षी बनेका दुवै पुरुष युवाहरूको विदेश मोहको कुरा सुन्दा, भर्खरमात्र देश छोडेर परदेश पलायन भएका आफ्ना छोराछोरीलाई सम्झिएर पुनः खिन्न हुँदै बाहिर निस्किए । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच