काठमाडौं । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको जोगियाना, प्राडा.ध्रुवेशचन्द्र रेग्मीको नेपाली संगीत दरबार, धीरेन्द्र प्रेमर्षिको पुरुष परीक्षा, मोमिला जोशीको प्रश्नहरू त बाँकी नै रहन्छन्, खेम बतासको बुढीपोल्ली, अखण्ड भण्डारीको बोरा, भूपिनको भूपिनका कविता र मोहन मैनालीको मुकाम रणमैदान परेका विज्ञप्तिमा जनाइएको छ ।
वाङ्मय परिषद्लाई प्राप्त कृतिहरूमध्ये सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले एक उत्कृष्ट कृति छनोट गरी सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ प्रदान गरिने उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी गराउनुभयो । पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र छ ।






